logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेशीमा कार्कीकाे सरकार ढल्दै, एमाले बाहिरियाे


  • राजनीति
  • शनिबार, कार्तिक १८ २०८०

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । आफूहरुसँगको सहमति विपरीत गठबन्धन दललाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका राम रानाले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिइसकेका छन् ।

मुख्यमन्त्री कार्कीले हिजोमात्रै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

कोशीमा एमालेले मुख्यमन्त्री काकीलाई दिएको समर्थन पनि फिर्ता लिने बताइएको छ । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै एमाले कोशी प्रदेशका सचेतक रेवती रमण भण्डारीले भने, ‘एमाले सरकारबाट बाहिरिसकेपछि समर्थन कायम राख्न आवश्यक छैन । हामी आगामी सोमबार संसदीय दलको बैठक बसेर समर्थ फिर्ता लिन्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार