logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पश्चगामीका आश्वासन र यथास्थितिवादी भ्रमबाट मुक्त हुन क्रान्तिकारी कम्युनिस्ट पार्टीको अपिल


  • राजनीति
  • सोमबार, मंसिर ११ २०८०

मोहन बैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अहिलेको अवस्थाबाट देशलाई मुक्त गर्ने मार्ग भनेको सङ्घीय जनगणतन्त्र नेपालको स्थापना भएको बताएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रेस वक्तव्य जारी गर्दै यो स्थितिमा पश्चगामीका मीठा आश्वासन र यथास्थितिवादीहरुका भ्रमबाट मुक्तभई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरुलाई हार्दिक अपील समेत गर्नुभएको छ ।

वक्तव्यमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै भनिएको छ, “ यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको छ । जनता यसको विकल्पको खोजीमा छन् । जनताको परिवर्तनको चाहनालाई दूरुपयोग गर्दै पश्चगामी शक्तिहरु जनताले आन्दोलनबाट प्राप्त गरेका सङ्घीयता तथा धर्मनिरपेक्षता जस्ता सिमित अधिकारहरु समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरु लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेका छन् । नयाँ दलालहरु सत्ता र व्यवस्था होइन नेताहरु बदमास हुन् भन्दै आफुलाई साम्राज्यवादको विश्वासिला चाकरका रुपमा पेश गर्न उद्यत छन् । सत्ताधारीहरु आफ्नो वर्चस्वको रक्षा गर्न हरसंभव कोशिस गरिरहेका छन् । यो स्थितिमा देश असमान्य द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ ।”

वक्तव्यमा अगाडि भनिएको छ, “ देशमा यो स्थिति पैदा हुनुका पछाडिको कारण दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गिकार गरेको नवउदारवादी आर्थिक प्रणाली हो । यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्ततनबाट समेत संभव छैन । यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरुको असफलताले प्रमाणित गरेको छ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :

“यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको छ । जनता यसको विकल्पको खोजीमा छन् । जनताको परिवर्तनको चाहनालाई दूरुपयोग गर्दै पश्चगामी शक्तिहरु जनताले आन्दोलनबाट प्राप्त गरेका सङ्घीयता तथा धर्मनिरपेक्षता जस्ता सिमित अधिकारहरु समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरु लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेका छन् । नयाँ दलालहरु सत्ता र व्यवस्था होइन नेताहरु बदमास हुन् भन्दै आपूmलाई साम्राज्यवादको विश्वासिला चाकरका रुपमा पेश गर्न उद्यत छन् । सत्ताधारीहरु आफ्नो वर्चस्वको रक्षा गर्न हरसंभव कोशिस गरिरहेका छन् । यो स्थितिमा देश असमाधेय द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ ।
देशमा यो स्थिति पैदा हुनुका पछाडिको कारण दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गिकार गरेको नवउदारवादी आर्थिक प्रणाली हो । यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्ततनबाट समेत संभव छैन । यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरुको असफलताले प्रमाणित गरेको छ ।
यो अवस्थाबाट देशलाई मुक्त गर्ने एकमात्र बाटो भनेको सङ्घीय जनगणतन्त्र नेपालको स्थापना हो । यो स्थितिमा पश्चगामीका मीठा आश्वासन र यथास्थितिवादीहरुका भ्रमबाट मुक्तभई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरुलाई हार्दिक अपील गर्दछ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार