logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने


  • राजनीति
  • सोमबार, पुष ९ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रचण्डले मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको उनले बताए। प्रचण्डले पहिलो वर्ष धेरै काम गर्न नसकिएको बताउँदै आगामी वर्ष पुन: नयाँ ढंगले अगाडि बढ्ने उद्घोष गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार