राजनीति
विप्लवको बिद्यार्थी संगठनको केन्द्रिय समितिको बैठक बस्दै सम्पन्न भएको छ । नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्माको ‘प्रकाण्ड’ को उपस्थितिमा बैठक बसेको बताइएको छ । राजधानीको ललितपुरमा ३ दिन सम्म बसेको बैठले संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको बताइएको छ । जस अनुसार उपत्यकामा महासचिव प्रकाश शाहिले हेर्दै आएकोमा लोकेन्द्र बिष्ट , लुम्बिनीमा बिरेन्द्र बिक, गण्डकमा मिलन राइ, सेतीमा लोकेन्द्र सार्की ,पोखरा बिश्वबिद्धालयमा ललित बिश्वकर्मा, महाकालीमा बिरेन्द्र शाह, पुष्प न्यौपाने , सिटिइभिटी हर्क बिक ,शुनिल बन्जाडे कोशी, धौलागिरीमा भरत रावल पुर्वी ताम्सालिङ्गमा मुकुन्द श्रेष्ठ र कार्यालय सचिवमा राजकुमार लामिछने आएको र अन्यको साविककै कार्यक्षेत्र रहेको बताइएको छ ।
क्रान्तिकारीको दाङ्गमा सम्पन्न २१ राष्ट्रिय सम्मेलनले बिद्यार्थी सगठन भित्र रहनको लागी ३०वर्षे उमेरको हदबन्दि लगाएत केहि नया प्रावधानहरु पारित गरेको थियो । सोहि प्रावधानकै कारण क्रान्तिकारीका तत्कालीन ४२ जना नेताहरु बिदा भएका थिए । तर हाल आएर उमेर नै बढी भएका पनि संगठन भित्र रहेको भन्ने गुनासो क्रान्तिकारी भित्र ब्यापक चल्दै आएको छ ।
राष्ट्रिय सम्मेलनले पारित गरेको उमेर हद र निश्कृयताका कारण केहि पदाधिकारीलाइ हटाउने माउ पार्टीको मानसिकता रहेको भएता पनि अहिले कार्यान्वयन नभएको बुझिएको छ ।