logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा


  • राजनीति
  • शुक्रबार, चैत्र २ २०८०

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।

सुनकाण्डविरुद्ध आक्रामक गृहमन्त्री, आजै ‘ठूलो कदम’ चाल्नसक्ने दाबी

‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो’, प्रतिनिधि सभा सदस्य पौडेलले भने, ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रश्न बोकेको व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने थियो भने।

आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितहरूलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार