राजनीति
अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी अमेरिकी सरकारका विशेष सल्लाहकार सारा मिङ्कारा काठमाडौं आइपुगेकी छन् । उनी हिजो दिउँसो श्रीलंकाको राजधानी कोलम्बोबाट श्रीलंकन एअरलाइन्सको उडानमा यता आएको बताइएको छ ।
तीन सदस्यीय टोलीमा विशेष सहायक हान्ना नास्री र वासस्थानसम्बन्धी विशेषज्ञ नासिमा जाफर रहेको बुझिएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणको क्रममा उनले सरकारी अधिकारीहरुसँग भेट गर्नेछिन् । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको वकालत गर्ने नागरिक समाज, अमेरिकी सरकारको कार्यक्रमका पूर्व सहभागीहरुसँग पनि भेटघाट कार्यक्रम रहेको जनाइएको छ ।
टोलीको भोलि राति ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर हुँदै स्वदेश फर्कने पूर्व निर्धारित कार्यक्रम छ ।