राजनीति
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत २६ गते तातो पानी नुहाउन म्याग्दी पुगेका थिए । म्याग्दी जिल्लाको बेनी नगरपालिकामा रहेको तातोपानी कुण्ड स्नान गर्न पुगेका थिए । पत्नी सिता दाहालको उपचारका लागी त्यहा लगिएको बताइएको छ । , दुइ छोरीहरु रेणु दाहाल र गगा दाहाल लिएर गएका छन । साथमा सरकारका गृहमन्त्री राम बहादुर थापा वादल पनि रहेका थिए ।
बेनिको होटेल याकमा बसेका प्रचण्डको पारिवारिक भ्रमण भएको भनिएता पनि जिल्लातहका नेता कार्यकर्तालाइ भेटेको र मन्दिरमा गलेश्वर मन्दिरमा आरती बालेका थिए । ३ दिन सम्म त्यहीँ बसेर तातो पानी स्नान गरेर फर्किसकेका छन । तातो पानीमा नुहाउन अगाडी र पछाडी स्वास्थ्य परिक्षण गरेको दृश्य देखिन्छ । छेउमा रहेका गृहमन्त्री बादलले आफ्नै भुडी सुम्सौम्याउदै गरेको र प्रचण्डले स्वास्थ्यकर्मी सग प्रेसर परिक्षण गरेको तस्वीर सार्वजनिक भएको छ ।