राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लो चार महिनामा पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । राज्य बाट न्याय नपाएर वा ढिलासुस्ती र भारी लेनदेन हुने भएपछि नेकपाको जनादालतमा मुद्दाहरु पुगेको बताइएको छ ।
नेकपाको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् । नेकपाको न्याय बिभाग केन्द्र देखी जिल्ला तह सम्म रहेको बताइएको छ् ।
तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ ।