राजनीति
Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015
Photo; Keshab Thoker/Nagarik/republica
छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलित भएपछि तीन साता अघि अस्पतालमा उपचारपछि बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अझै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
सामाजिक सञ्जालमा धेरै क्रियाशिल रहने भएकाले यो अवधिमा प्रधानमन्त्री ओलीलाई त्यसबाट पनि टाढै राखिएको स्रोतले बतायो । त्यसो भए उनी के गरेर समय कटाउँछन् ?
बालुवाटर स्रोतले भन्यो, ‘चुट्किला सुनाएर बस्छन् ।’
प्रधानमन्त्री ओली उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, कर्मचारी र सहयोगीलाई वरिपरी बसाएर चुट्किला सुनाउने गरेका छन् । स्रोतका अनुसार, प्रायः प्रधानमन्त्री ओली आफैं चुट्किला सुनाउँछन् । ती सहयोगीलाई पनि चुट्किला सुनाउन लगाएर ओली समय कटाईरहेको जानकार स्रोतले बताएको छ ।
चुट्किला सुन्ने सहयोगी, कर्मचारी तथा सुरक्षाकर्मीलाई हौस्याउँन बीच बीचमा भन्ने गर्छन, ‘ल चुट्किला भन्नुस् । राम्रो चुट्किला भन्नेलाई ठाउँको ठाउँ पुरस्कार ।’
उनलाई भेट्न बालुवाटर पुगेका एक नेताका अनुसार, उनी कोठामा हाँसेको ढोकामै सुनिइरहेको थियो । ‘बिरामी मान्छे, किन एक्लै कोठामा हाँसिरहेका छन् भन्ने सोचेर भित्र पसेको त चुट्किला सुनाउँदै पो रहेछन’ ती नेताले भने ।
प्रधानमन्त्री ओलीको २०६४ मा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनी नियमित स्वास्थ्य जाँच गर्दै आएका थिए । यसपटक दशैंका बेला चार दिनसम्म सर्वसाधारणलाई टीका लगाउँदाको धपेडीले उनी बिरामी भएका थिए ।