राजनीति
काठमाडाैं – दुई दशक बढि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका नेता बाबुराजा आेझा २०७० मा संविधानसभाको टिकट नपाएको झोकमा माआेवादी प्रवेश गरेपनि फेरि कांग्रेसमै फर्किएका छन् ।
२२ वर्षे लामो राजनीतिक जीवनलाई कम्युनिष्ट विचारमा परिवर्तन गर्छु भन्दै तत्कालीन एमाआेवादी प्रदेश गरेका आेझा मोरङ क्षेत्र नं ६ बाट संविधानसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । तर, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित हुन पुगेका थिए ।
कांग्रेसको झण्डामुनि रहेर लामो समय काम गरेका आेझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याएका हुन् । आेझालाई तीन कोइराला शेखर, शशांक र सुजाताले पार्टीमा स्वागत गर्दै जनताको अधिकार र प्रजातन्त्रका लागि कटिबद्ध भएर लाग्न अनुरोध गर्दै भब्य स्वागत समेत गरेका छन् ।