राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव ‘ यति बेला नेपाली राजनीतिको एउटा प्रभावशाली ब्यक्तित्वको रूपमा चर्चामा रहेको नाम हो ।
उनको बारेमा राजनीति क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा रुचि राख्ने हरुले पनि एउटा खोज र अध्ययनको बिषय बनाउदै लगेको देखिन्छ । रोल्पामा जन्मिएका विप्लवको राजनीति यात्राको बारेमा बुझ्न र जान्न चाहनेहरुका लागि उनी सग बिद्यार्थी राजनितको केन्द्रिय पदाधिकारीकारी भएर काम गरेका ५ जना सहपाठीको राजनीतिक यात्रालाइ सक्षेपमा प्रस्तुत गरिएको छ ।
नेत्रबिक्रम चन्द बिप्लव
अखिल क्रान्तिकारीको १३ औं राष्ट्रिय सम्मेलन बाट उपाध्यक्ष बनेका उनलाइ पार्टीको बिशेष जिम्मेवार दिएर कर्णाली पठाएको थियो अहिले उनि नेकपाका महासचिव हुन ।
कृष्ण ध्वज खड्का
प्युठान घर भएका खड्का १३ औं र १४ औ राष्ट्रिय सम्मेलन बाट अखिल क्रान्तिकारीको दुइ पटक केन्द्रिय अध्यक्ष बनेका थिए । उनि विप्लव उपाध्यक्ष हुदा पनि अध्यक्ष थिए । अहिले उनि सत्तारुढ दल (नेकपा) बाट प्युठान ख का साम्सद हुन ।
गगा श्रेष्ठ
अखिल क्रान्तिकारीको १३ औं राष्ट्रिय सम्मेलन बाट महासचिव बनेका गगा श्रेष्ठ अहिले बाबुराम भट्टराईको नयाशक्तीका सगठन बिभाग प्रमुख रहेका छन ।
राम प्रसाद बन्जाडे
अखिल क्रान्तिकारीको १३ औ राष्ट्रिय सम्मेलन बाट सचिव भएका बन्जाडेको घर अर्घाखाँची हो । राजनीतिलाइ निरंतरता दिदै छन । यह अगाडि उनि तत्कालीन माओवादी केन्द्रका रुपन्देही इन्चार्ज थिए ।
कृष्ण केसि
१३ औं राष्ट्रिय सम्मेलन बाट कोषाध्यक्ष बनेका उनि पछि माओवादी राजनीति बाट पलायन भएका थिए ।