logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शिक्षक आन्दोलन चर्किदै गएपछि शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा


  • राजनीति
  • सोमबार, बैशाख ८ २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।

शिक्षकहरुले शिक्षा ऐन जारी हुनुपर्ने लगातका मागहरु राखेर काठमाडौं केन्द्रीत आन्दोलन थालेको २० औँ दिनमा मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट राजीनामा आएको हो ।

आजको मन्त्रीपरिषद्को बैठक बस्नु अघि मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ ।

उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्। विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार