राजनीति
काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रश्न गरेकी छन् ।
शिक्षक आन्दोलन चलिरहेको २० औँ दिनमा हिजो शिक्षा मन्त्री भट्टराईले राजीनामा दिएपछि विभिन्न प्रश्न उठिराखेको छ । उनलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै असहयोग भएको भनेर प्रश्न उठिरहेको छ ।
यसै बीच पार्टीकी उपाध्यक्ष शाक्यले शिक्षा मन्त्रीले किन राजीनामा दिनु भएको हो ? उनलाई किन सहयोग भएन भनेर सामाजिक सञ्जालमार्फत् प्रश्न गरेकी हुन् ।
“विद्या भट्टराई सक्षम इमानदार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? विद्या ! तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,” शाक्यले सामाजिक सञ्जालमा लेखेकी छन् ।