logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सरकार आँखा स्वास्थ रणनीति कार्यान्वयनमा प्रतिबद्ध छ : प्रधानमन्त्री ओली


  • राजनीति
  • बुधबार, बैशाख १७ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आँखा स्वास्थ रणनीति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका छन् ।

‘इन साइट लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेपालले नयाँ राष्ट्रिय आँखा रणनीति अनुमोदन गरेको जानकारी दिँदै उनले आँखा स्वास्थलाई प्राथमिक स्वास्थ सेवा र आवश्यक सेवाहरुमा एकीकृत गर्न प्राथमिकता दिएको स्पष्ट हुने समेत दाबी गरे ।

उनले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् ।

दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार