logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देउवाले निर्मलाका हत्यारा पत्ता नलाग्दा सरकारको साख गयो भन्दै दिए यस्तो निर्देशन


  • राजनीति
  • मंगलबार, मंसिर ४ २०७५

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कमजोरी कारणले निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेको बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित कांग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव संकलन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले निर्मलाका हत्यारा पत्ता नलाग्दा सरकारको साख गिरेको बताए । ‘जनताले सरकारलाई नै दोषी देखिरहेका छन् । यसमा सरकारको पनि कमिकमजोरी छ’ देउवाले भने । उनले अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाएर छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले कांग्रेसभित्र गुटउपगुट नरहने बताए । ‘पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता छ, अब गुटउपगुट छैन, एकढिक्का हुन्छ’ देउवाले भने ।

उनले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रदेश १ का कांग्रेस जिल्ला सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार