logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमत सरकार चाहिन्छ : प्रधानमन्त्री ओली


  • राजनीति
  • शनिबार, जेष्ठ ४ २०८२

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमत सरकार चाहिने बताएका छन् ।

शुक्रबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्धारा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अघि बढाउन एमालेलाई बहुमतको सरकार चाहिने बताए ।

मुलुकका लागि एमालेको नेतृत्व आवश्यक छ भनेर ढिलो भएको र अब त्यस्तो रहन नहुने भन्दै उनले भने, “मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला ग¥र्यौं । अब त्यो भ्रममा रहनु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ ।”

उनले एमालेविरुद्ध हमलाको बीचमा पढेलेखेका, प्राविधिक शिक्षासहित जीवनसँग सम्बन्धित ज्ञान हासिल गरेका युवाहरू एमालेमा प्रवेश गर्नु नेपाल निर्माणको भिजनरी संकल्प भएको बताएका छन्। उनले एमालेले युवालाई सदुपयोग गर्ने र उनीहरूलाई सही बाटोमा ल्याउने दृढता आवश्यक रहेको स्पष्ट पारे।

“दुनियाँमा विभिन्न प्रकारका कुप्रचार र कुहल्ला चलिरहेका बेला, एमालेविरुद्ध यत्रा हमला भइरहेका बेला पढेलेखेका, प्राविधिक शिक्षा र जीवनसँग सम्बन्धित अध्ययन गरेका युवा साथीहरू नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ। यो तपाईँहरूको भिजनरी संकल्प हो, नेपाल बनाउने संकल्प हो,” उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार