राजनीति
मङ्सिर ४, काठमाडौ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सबै पत्रकार नागरिक समाज र जनतालाइ कार्यक्रममा सहभागी हुन अपिल गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा यहि मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको जनसभा र प्रदर्शनमा पत्रकार-मिडिया कर्मीहरुलाई विशेष निमन्त्रणा दिएको छ ।
राजधानी काठमाडौंको शान्तिवाटिकामा हुन गैरहेको बिशाल जनसभा तथा र्याली कार्यक्रममा सहभागी भई समाचार संकलन, प्रकाशन र प्रसारण गर्न समेत अनुरोध गरेको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले संचारकर्मीहरुलाई खुल्ला निमन्त्रणा पत्रद्वारा अनुरोध गर्दै उपस्थितिका लागि आग्रह गरेका छन् । काठमाडौंको शान्तिवाटिकामा मङ्सिर ८ गतेका अपराह्न १ बजे देखि कार्यक्रम हुने पत्रमा उल्लेख गरिएको छ ।
जनसभा र प्रदर्शनको तयारि बारे मङ्सिर ५ गते बुधबार दिउसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डप काठमाडौमा पत्रकार सम्मेलन गर्ने सोहि पार्टी सम्बद्द क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले जनाएको छ ।