राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट मन्त्री नियुक्त भएका चौधरीले आज प्रदेश प्रमुख नाजिर मियाँ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
आर्थिक लनदेनको काण्डमा मुछिएपछि नाउपाबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए ।