राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेदैमा राखिएको छ ।
यस अघि ६ पटकसम्म हेर्न नमिल्नेमा परेको उक्त रिट आज सर्वाेच्च अदालतका न्यायाधीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएता पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
मंगलबार लामिछानेको तर्फका कानून व्यवसायीहरुले बहस गरेका थिए । लामिछानेको मुद्धासँगै सहकारी ठगीमा ओरोपित गरिएका पूर्वडिआइजी छविलाल जोशीको मुद्धामा पनि सुनुवाइ भैरहेको छ । अब बाँकी बहस भोली हुनेछ ।