logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्र बैंकको गर्भनरमा डा. विश्व पौडेल नियुक्त


  • राजनीति
  • मंगलबार, जेष्ठ ७ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटरमा बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको नयाँ गर्भनरमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पौडेललाई राष्ट्र बैंकको गर्भनरमा नियुक्त गरिएको जानकारी दिए ।

उनले भने, “राष्ट्र बैंकको गर्भनरमा विश्व पौडेल नियुक्त हुनु भएको छ ।” यो सँगै पौडेल नेपाल राष्ट्र बैंकको १८ औँ गर्भनर बन्न सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार