राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत नाम मुछिएपछि राजीनामा दिएर अनुसन्धान प्रकियामा सघाउन मन्त्री लेखकलाई नेता कोइरालाले सुझाव दिएका हुन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने, “उहाँले नैतिकताको हिसाबले लु म क्लिन छु, मैले राजीनामा गरे, छानबिन समिति बनाउनुहोस्, गर्नुहोस तपाईहरु भने भैहाल्यो नि, त्यसले मोरल स्ट्याटस देखिन्छ ।”
विगतमा अरु मन्त्रीहरुले पनि प्रश्न उठेपछि राजीनामा दिएको स्मरण गराउँदै नेता कोइरालाले गृहमन्त्री लेखकले राजीनामा दिएपछि उनकै नैतिकतालाई सघाउने बताए ।