राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले श्रेष्ठ र शाहको राजीनामा स्वीकृत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रतिनिधिसभा सांसद समेत रहेकी श्रेष्ठले पार्टीमा ‘एक पद एक व्यक्ति’ हुनुपर्ने भन्दै राजीनामा दिएकी थिइन् ।
यता प्रशिक्षण विभाग प्रमुख शाहले भने नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए ।