logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गणतन्त्रसँग निरंकुश राजतन्त्रको तुलना गर्न मिल्दैन : प्रधानमन्त्री ओली


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रसँग निरंकुश राजतन्त्रको तुलना गर्न नमिल्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा बिहिवार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुश राजतन्त्र र गणतन्त्रमा भन्ने विषयमा आजको आवश्यकता नभएको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा निरंकुश राजतन्त्र जनताबीच सम्झौता, संवाद भएको र जनतासँग भएका सम्झौतालाई पटकपटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेको बताए।

“इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरु भए । जनतासँग भएका सम्झौताहरुलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए । जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ । तर स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न सक्दैन । हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्‍याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुँनै सक्दैन । स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन,” प्रधानमन्त्री ओलीले भने ।

राजतन्त्रको अवस्थामा रहेको गरिवी, असमानता, अविकास र पछौटेपनबाट अहिले मुलुक निकै अगाडि बढिसकेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार