logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राजेन्द्र महतो राष्ट्रिय जनता पार्टीको बने संयोजक,यी नेताले राखे नमान्ने अडान……


  • राजनीति
  • बुधबार, मंसिर ५ २०७५

काठमाडौं- राजेन्द्र महतो राष्ट्रिय जनता पार्टीको संयोजक बनेका छन्। केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी संयोजकको जिम्मेवारी महतोलाई दिने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकले महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

त्यसैगरी बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति र मनोनयन रद्ध गर्ने निर्णय गरेको छ ।

पार्टी महाधिवेशनलाई लक्षित गर्दै राजापाले साधारण तथा सक्रिय सदस्य वितरण अभियानको निर्धारित मितिलाई मंसिर मसान्तसम्मको लागि थप गर्ने निर्णय गरेको छ ।

महतोलाई संयोजक बनाउने निर्णयमा अध्यक्षमण्डलका सदस्य अनिल झाको मात्र असहमति थियो। यसअघिका संयोजक ठाकुरले भने निर्णयमा हस्ताक्षर गरेका छन्।

बैठकले पार्टीको आर्थिक गतिविधिको समेत हिसाब गर्न अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवलाई जिम्मा दिने निर्णयसमेत गरेको छ। महतो संयोजक बनेपछि आइतबारका बैठक लागि बोलाइएको छ। बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, महाधिवेशन तयारीका काम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिने जनाइएको छ। ‘हामीले सरकारलाई दिएको समर्थनबारेसमेत छलफल थालेका छौं’, संयोजक महतोले भने, ‘बैठकपछि त्यसको टुंगो लगाउँछौं।’

राजपाले साउनदेखि दसैंअघिसम्म प्रधानमन्त्री केपी ओलीलाई तीन पटक भेटेर संविधान संशोधनका लागि ध्यानाकर्षण गराइसकेको छ।

राजपाले साउनदेखि दसैंअघिसम्म प्रधानमन्त्री केपी ओलीलाई तीन पटक भेटेर संविधान संशोधनका लागि ध्यानाकर्षण गराइसकेको छ। आफूहरूका माग सम्बोधन नभए राजपा नेताले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका थिए।बैठकले मंसिरसम्म पार्टीको सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार