logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

इट्टाको जवाफ पत्थरले दिने गरी तयार थाल्नुस्, राजावादीहरुलाई छोड्नु हुँदैन : प्रचण्ड


  • राजनीति
  • आइतबार, जेष्ठ १९ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजावादीहरुलाई छोड्न नुहने भन्दै  इट्टाको जवाफ पत्थरले दिने गरी तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, “राजावादीहरु छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । गर्नैपर्छ ।”

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापना, संघीयता खारेजी लगायतका माग राख्दै राजावादीहरूले जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आइरहेको समयमा माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

फरक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा (एमाले) ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको भन्दै राजावादीको आन्दोलनलाई जवाफ दिने सरकारको इच्छा नभएको दाबी गरे ।

“सरकारको त कुनै हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन । गफ हाँक्नेबाहेक केही छैन,” उनले भने, “उनीहरूले गफ गरे, हामीले एक लाख मान्छे उतार्‍यौँ । काठमाडौं कब्जाको गफ गरे, देशदुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरूलाई मतलबको कुरा छैन,” अध्यक्ष प्रचण्डले भने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार