logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै


  • राजनीति
  • सोमबार, जेष्ठ २७ २०८२

काठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणको अस्पतालमा उपचार जारी रहेको छ ।

पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए ।

‘उहाँको पुरानो रोग दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ । जनरल वार्डमा सार्ने विषयमा डाक्टरले केही भनेका छैनन्’, उनले भने ।

वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर रहेको सिग्देलले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार