राजनीति
सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वसँग ८ वटा माग राखेका छन्।
बुधबार महासचिव बिष्णु पौडेललाई बुझाइएको ज्ञापनपत्रमार्फत् उनीहरुले राखेका मागहरुमा ‘पोलिटव्यूरो तत्काल गठन गरिनुपर्ने र नियमित रुपमा बैठक बोलाइनु पर्ने, पार्टी सचिवालायलाई सर्वैसर्वा बनाउन नहुने’ भन्ने छन्।
छिटो छरितो प्रक्रियाबाट पार्टी एकिकरणका काम टुङ्ग्याउनु पर्ने, सरकार र संसदीय दल सञ्चालनबारे, सुशासन कायम गर्नेबारे’ भन्ने माग उल्लेख छ।
‘सादा जीवनशैली र आचरणबारे’ र ‘बैचारिक दिशाबोधबारे’ भन्ने विषयलाई पनि उनीहरुले आफ्नो मागपत्रमा समावेश गरेका छन्।
सो मागपत्रमा केन्द्रीय सदस्यहरु डा विजय पौडेल, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममत गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, भाष्कर काफ्ले छन्।
यसैगरी केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, प्रेमलकुमार खनाल, माधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुबंश झा, रचना खड्का, बिरोध खतिवडा र रबिन कोइराला छन्।