logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मेयर शाह र उपमेयर डंगोलबीच भेटवार्ता, कार्यपालिका बैठक डाक्ने सहमति


  • राजनीति
  • बिहिबार, जेष्ठ ३० २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका र नगरसभाको बैठक बोलाउन तयार भएका छन् ।

बुधबार काठमाडौं प्लाजामा उपमेयर सुनिता डंगोल, तीन जना वडाध्यक्षसहितको उपस्थितिमा भएको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउने सहमति जनाएका हुन्।

छलफलमा वडा- १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा-३२ का वडाध्यक्ष नवराज पराजुली र वडा- १५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए।’हिजो मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनुभएको छ,’ मानन्धरले भने, ‘अब चाँडै बैठक बस्छ।’

पछिल्लो समय पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। जसले गर्दा महानगरको बजेट समेत अन्योलमा परेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार