logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै, सभामुखले अघि बढाए कारबाही


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदको अवरोध जारी राखेका छन् ।

सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु गरेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । अवरोधका बीच सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले धारणा राखेका थिए ।

पाण्डेले बोलिरहँदा रास्वपा र राप्रपाका सांसले लगातार अवरोध जनाएका थिए । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद मनिष झाले धारणा राखे । उनीहरुले आफूहरुको अडान कायमै रहेको र भिजिट भिषा पक्रारण्मा छानबीन समिति गठन हुनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनु पर्ने उनीहरुको अडान थियो ।

दुई दलको अवरोधका बीच सभामभुखले संसदको काम कारबाही अगाडी बढाएर गृहमन्त्री रमेश लेखकलाई धारणा राख्न समय दिएका छन् । सांसदको नाराबाजीकाबीच गृहमन्त्री लेखकले अहिले संसदमा भिजिट भिषा प्रकरणमा प्रष्टिकरण दिइरहेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार