राजनीति
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा अवरोध जारी राखेको छ । संसद बैठकमा रास्वा सांसदहरुले बेल घेराउ गरेका छन् ।
आइतबारको बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । विपक्षीको विरोधका बीच सभामुख देवराज घिमिरेले आकस्मिक समयमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग राख्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएका छन् । रास्वपाले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।
रास्वपा सांसदहरुले बेल घेराउँ गर्दै नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने संसदको कारबाहीलाई अगाडी बढाएका छन् ।