राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विद्येयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व. २०८२०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनुको साथै उपप्रधान तथा अर्थमन्त्री पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
यस्तै बैठकमा “संवैधानिक परिषद् (काम, कतव्र्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २९७९” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।