राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सांसद धवलशमशेर राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
जिल्ला अदालत काठमाडौंले सोमबार राणालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी दीपक कुमार विष्टले जानकारी दिए । राणा सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थि भएका थिए ।
गत चैत्र १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनमा सहभागी भएका राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित ४ वटा मुद्धामा अभियोजन गरिएको थियो ।
राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित संगठित अपराध, एकीकृत कसुर र आपराधिक उपद्रव कसुरमा सजाय हुनुपर्ने भन्दै मागदाबी गरिएको थियो । जबरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको गरिरहेको थियो । उनी विरामी भएका कारण उनलाई हाजीरी जमानीमा रिहा गरिएको थियो ।
उपचारका लागि रिहा भएका जबरा मुद्धा दायर पछि प्रहरीको सम्पर्क बाहिर रहेका बताइएको थियो । तर, उनी आज जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
राणा अदालतमा उपस्थित भएसँगै उनलाई अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन् ।
गत बिहिवार मध्यराती जिल्ला अदालत काठमाडौंले आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो भने बाँकीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।