राजनीति
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि साभको बैठक बस्ने भएको हो ।
संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० छलफल गरियोस्” भनि प्रस्ताव प्रस्तुत गर्ने र “संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्” भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले “नेपाल नागरिकता (दोस्रो संशोधन) विद्येयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेश गर्ने कार्यकसूची रहेको संसद सचिवालयले जनाएको छ ।