logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचन आयोगले भन्यो : रास्वपाको महामन्त्री मुकुल ढकाल नै हुन्


  • राजनीति
  • शुक्रबार, असार ६ २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री मुकुल ढकाल नै भएको जनाएको छ ।

आयोगले रास्वपालाई एक पत्र पठाउँदै महामन्त्री मुकल ढकाल नै भएको जनाएको हो । पार्टीको आन्तरिक विवादका कारण रास्वपाले भने मुकल ढकाललाई गत वर्ष नै पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको थियो ।

आयोगले रास्वपाको केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीको हेरफेर १५ महिना अघि भएको र त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको उल्लेख गरेको छ ।

रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेका थिए। त्यसको जवाफमा आयोगले भनेको छ,‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको विवरण किन अद्यावधिक नगरिएको भनेर निर्वाचन आयोगलाई प्रश्न गरेको छ।

निर्वाचन आयोगको अभिलेखमा रास्वपाको महामन्त्री मुकुल ढकाल नै रहेको विवरण भेटिएपछि र ढकालले केन्द्रीय समिति बैठक राख्न माग गर्न थालेपछि रास्वपाले प्रश्न गरेको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार