राजनीति
काठमाडौं । सत्तागठबन्धनको नेतृत्व गरिहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित नहुने देउवाको चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा भएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनु पर्ने बताएका हुन् ।
कांग्रस निकट उच्च स्रोतका अनुसार उनले आज दिउँसो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई फोन गरेर ‘टेक एण्ड पे’ को व्यवस्था हटाएर पुरानै व्यवस्था राख्नु पर्ने माग राखेका थिए ।
“पार्टीका साथिहरुले मानिरहनु भएको छैन् । ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए अप्ठ्यारो पर्ने भो । यो हटाएर मात्रै बजेट पारित गरौं । भन्ने नै सभापति ज्यूको भनाई हो,” सभापति देउवाको भनाई उद्धृत गर्दै कांग्रेस निकट उच्च स्रोतले बतायो ।
‘टेक एण्ड प’ भनेको नदि प्रवाहमा आधिरित रहेर सरकारले विद्युत खरिद गर्ने व्यवस्था हो । जुन बजेटमा राखिएको छ । कांग्रेस सांसदहरुले भने निजी क्षेत्रलाई समाप्त पार्नको लागि बजेटमा यस्तो व्यवस्था राखिएको भन्दै विरोध गर्दै आइरहेका छन् । निजी क्षेत्रका उर्जा उत्पादकहरुले पनि बजेटमा ‘टक एण्ड पे’ राखिएको भन्दै यसको विरोध गर्दै आइरहेका छन् ।
प्रतिनिधिसभा बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानिबन समिति बनाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा विरोध जनाउँदै आएका छन् ।
आगामी आर्थिक वर्षको बजेट आगमी मंगलबार पारित गर्ने तयारी छ ।