logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित


  • राजनीति
  • बुधबार, असार ११ २०८२

काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत उपस्थित भएका छन् ।

पतञ्जली जग्गा प्रकरण आफू विरुद्धको भ्रष्टाचार मुद्दाको सिलसिलामा उनी अदालत पुगेका हुन् । नेपालले यसअघि अदालतमा उपस्थित हुन पाउँ भन्दै अदालतलाई निवेदन दर्ता गरेका थिए । “

“अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विश्व विशेष अदालतमा दर्ता गरिसकेका छौं । त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेशी तोकिनेछ उहाँले बयान गर्नुहुन्छ,” उनका कानुन व्यवसायीले भने ।

देखि सुरु हुने बयान छिटो छरितो रुपमा टुंग्याउने योजनामा नेपालतर्फका कानुन व्यवसायहरू रहेका छन्। बयान सकिए लगत्तै थुन्छेक बहस सुरु हुनेछ। थुन्छेक बहसमा नेपालतर्फका कानुन व्यवसायीहरूले उनलाई तारिखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्ने बुझिएको छ।

नेपाल तत्कालीन प्रधानमन्त्री भएको समयमा मन्त्रीपरिषद्बाट भएको पतञ्जली जग्गा प्रकरणको निर्णयमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनको हकमा १८ करोड ५८ लाख हजार रुपैयाँ बिगो जरिवाना सजाय मागदाबी गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार