logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन : प्रचण्ड


  • राजनीति
  • बुधबार, असार ११ २०८२

अध्यक्ष प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिमा काठमाडौँ, ११ असारः राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी विधेयकसम्बन्धी छलफलमा आफ्नो भनाई राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने भन्दा सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गरे ।

फिल्डमा तीता अनुभवहरू रहेकाले त्यसलाई रोक्ने उपायहरू सहित नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाउनुपर्ने उनको भनाई रहेको छ ।

“लोकतन्त्रलाई सेवा प्रदान गर्ने कुरा नै हो। प्रहरीकै र शान्ति सुरक्षाकै कुरा गर्दा जनताले पहिलो हेर्ने सरकारको अनुहार प्रहरीबाटै हो। यो कुरा पनि आयो। हाम्रो त्यति राम्रो अनुभव छैन माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा त ठिकठिकै देखिन्छ त तल फिल्डमा जाँदाका अनुभवहरु धेरै तिता अनुभवहरू छन्। त्यसलाई रोक्ने के उपाय हुन सक्छ भनेर यसलाई परिमार्जन गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने ।

उनले गणतन्त्रलाई सुधार गर्ने आधारका रूपमा बहसलाई अघि बढाउनुपर्ने बताए । समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार