राजनीति
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गरेको छ।
बुधवार एमाले मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पाण्डे र तिम्सेनामाथिको गरेको निलम्बन फकुवा गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय दानमा बनाउने भनेर गरेको निर्णयको विरोध गरेको भन्दै २०८१ पुसमा नेता भीम रावल, पाण्डे र तिम्सेनालाई एमालेले निलम्बन गर्ने निर्णय गरेको थियो। भीम रावल भने एमालेबाट बाहिरिसकेका छन्।
बुधबार कार्यालयमा बसेको सचिवालय बैठकले पाण्डे र तिमिल्सिना विरुद्धको कारबाही फुकुवा गरी जिम्मेवारीमा फर्काउने निर्णय गरेको राजेन्द्र गौतमले जानकारी दिए ।