राजनीति
काठमाडौं । पूर्वशिक्षा मन्त्री तथा प्रतिनिधिसभा सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संविधानसँग बाँझिन नहुने बताएकी छिन्।
बिहिबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा विज्ञान तथा प्राविधिक समितिको बैठकमा विद्यालय शिक्षा विद्यालयमाथि उपस्थित मितिले तयार पारेको प्रतिवेदन माथि छलफलका क्रममा उनले यस्तो बताएकी हुन्
“संविधानले अनिवार्य र निःशुल्क भनेको छ संविधानको कार्यान्वयन गर्न ऐन बनाउँदै छौं । अनिवार्य तथा निःशुल्कको व्यवस्था संविधानसँग बाँझिनु भएन,” सांसद भट्टराईले भनिन् ।
उनले निजी विद्यालय के गर्ने भन्दै प्रश्न सम्पत्तिको हकबारे छलफल गर्न सक्ने उनले बताइन् । के गर्ने समिति स्पष्ट हुनुपर्छ शिक्षण सेवा हो संविधानले पनि व्याख्या गरेको उनले बताइन् ।
अभिभावकले बोकेको भार राज्यले बोक्ने संविधानको स्पष्ट रहेको भन्दै उनले कम्पनीले ऐन अन्तर्गत गर्दा शिक्षा मन्त्रालयले रेगुलेट गर्न नसक्ने बताइन् ।