राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदै छिन् ।
खाद्य तथा कृषि संगठन एफएओको ४४ औँ सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहिबारसम्म हुनेछ। राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्च स्तरीय कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र परराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरू सहभागी हुनेछन् ।