राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता मडन भण्डारी भएको बताएका छन् ।
मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले आज कम्युनिस्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताको रूपमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालको कम्युनिस्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीकोआज ७४ औ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रध्दासुमन अर्पण गर्दछु ।”
एमाले र एमालेको जनवर्गीय संगठनले तत्कालीन एमाले महासचिव भण्डारीको जन्मजयन्ती अवसरमा आज विविध कार्यक्रम गरि मनाउँदैछ ।