राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन” मा सहभागि हुन आज स्पेन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, मुख्य सचिव एकनाराण अर्याल, विमानस्थलका उच्च सरकारी पदस्थ एवम् सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।
स्पेनको सेभिया शहरमा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय सम्मेलन संयुक्त राष्ट्र सङ्घको महासभामा जस्तै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको समेत सहभागिता हुनेछ। यो सम्मेलन एक दशक पछि आयोजना हुन लागेको हो।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई लगायत रहेका छन् । प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपरान्ह्र स्वदेश फर्किने कार्यक्रम छ ।