राजनीति
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
शनिबार बसेको प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकले पेश गरेको नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।
त्यसरी विधेयकमाथिको छलफलका क्रममा प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिक अब नागरिकताविहीन अवस्थामा नहुने अवस्था आएको बताए ।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नयाँ विधेयक ल्याएको उनले बताए । उनले गैरावासीय नेपाली नागरिकलाई नागरिकता बनाउने सम्बन्धमा छुट्टै कानुन बनाइने जानकारी दिए ।