logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शीतल निवासमा देउवा र प्रचण्डबीच वार्ता, सरकारबारे मिन विश्वकर्माले दिए यस्तो प्रतिक्रिया


  • राजनीति
  • शनिबार, असार २१ २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

शुक्रबार महाराजगञ्जमा रहेको शितल निवासस्थित राष्ट्रपति कार्यालयमा पूर्वप्रधानमन्त्रीद्धय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । सत्तापक्ष र प्रतिपक्षका यी दुई शिर्ष नेताबीचको यो भेटवार्तालाई सरकार परिवर्तन लगायतका विभिन्न विषयलाई लिएर अड्कलबाजी भइरहेको छ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको भनिए तापनि गोप्य कुरा खुलाइएको छैन ।

यसै अवस्थामा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने दुई नेताबीचको भेटलाई सरकार परिवर्तनको भेटको रुपमा लिन नहुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले दुई नेताबीच सौहार्दपूर्ण र हार्दिकताका साथ कुनै एउटा पर्वमा भेट भएको बताए।

उनले भने, “दुई शीर्ष नेता शेरबहादुर देउवा र प्रचण्ड बीच भएको भेटघाट कहाँ जान सहार्दपूर्ण, मैत्रीपूर्ण र हार्दिकताका साथ पर्वमा भएको भेट हो। त्यो सरकार बदल्ने बारेमा भएको भेट होइन।”

नेता विश्वकर्माले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले दुईवटै काम थाप्दा पनि गति पग्लिन नसकेको आरोप लगाए । “कांग्रेस सरकारलाई एउटा मात्रै होइन दुईवटा काँध थापिदिएको छ तर सरकारले भनेजस्तो गति पग्लिन नसकेको कुरालाई म ढाकछोप गर्न सक्दिन।”

उनले आफूहरू वर्तमान ओली नेतृत्वको सरकार परिवर्तनपक्षमा नरहेको प्रष्टीकरण दिँदै सरकार भन्दा पनि सरकारको कार्यशैली परिवर्तन गर्नेमा आफूहरुले सोचिरहेको बताए ।

पार्टी केन्द्रीय समिति बैठकमा पनि सरकारको कार्यशैली परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिँदै नेता विश्वकर्माले सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्ने तर्फ लाग्न आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार