राजनीति
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।
मेयर शाहले राष्ट्रपति भण्डारीलाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खटपट परेका शाहले भण्डारीलाई भने उनकै निवासमा पुगेर भेट गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले केही दिन अघि मात्रै राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । उनी राजनीतिमा फर्किने घोषणा गरेसँगै आफूले पूर्वराष्ट्रपतिको हैसियतमा लिँदै आएको सेवा सुविधा नलिने घोषणा गरिसकेकी छन् ।
भेटमा मेयर शाहले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा लिँदै आएको सेवा सुविधा त्यागेकोमा धन्यवाद दिएका मेयर शाहनिकट स्रोतले जनाएको छ । एमाले सांसद एवम् पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठको समयमा मेयर शाह र भण्डारीबीच भेटवार्ता भएको हो ।
भेटमा काठमाडौं महानगरपालिकासँग जोडिएका केही विवादका विषयमा र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भण्डारीले काठमाडौं महानगरपालिकाको बजेटबारे पनि चासो राखेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेसँगै राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् ।बालेन सँगको भेटपछि नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताहरु पनि भण्डारीको निवास पुगेको स्रोतले जानकारी दिएको छ ।
पूर्वराष्ट्रपति भैसकेको व्यक्ति पुनः राजनीतिमा फर्केको भन्दै केहीले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् भने एमालेको एउटा खेमाले भण्डारी राजनीतिमा फर्किनु स्वभाविक भएको बताउँदै आएको छ ।