राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनास्थित चुवाखोलामा नवनिर्मित बेलीब्रीजको उद्घाटन गरेका छन् ।
बेलीब्रीज उद्घाटनको कार्यक्रम बिहान ११ बजेका लागि राखिएको थियो । सोही अनुसार प्रधानमन्त्री ओलीसहितको टोली त्यसतर्फ लाग्न काठमाडौंबाट हिडेको थियो । मौसममा खराबी आएपछि ओलीसहितको टोली सुर्खेतमा रोकिएको थियो ।
सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्री ओलीलको उडान ढिला भएको थियो । बेलीब्रीज उद्घाटन भएसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा सडक सञ्जालमा जोडिएको छ ।