राजनीति
काठमाडौं । संसदीय समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य अमरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन निर्देशन दिए।
बैठकमा यस अघि मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग गरेका थिए। आज पनि सहमति नजुटेपछि समितिका सभापति थापाले सरकारले समितिलाई खेलाउन जस्तो ठानेको बताए ।
सभापति थापाले सरकारले समिति र सांसदहरूका विचारहरूलाई नसुन्ने प्रवृत्ति देखाएकोले आगामी दिनमा हेक्का राख्ने चेतावनी समेत दिए ।
“तपाईहरुले यो समिति कस्तो गर्नुभएको छ भने खेलौना बनाउनुभएको छ । बैठक बोलाउ कहिले बैठक स्थगित गर, यो कति पटकसम्म अब अन्तिम समय हो ? तपाईँ अनिश्चित नभन्नुस् फेरि । सरकारले कति दिनभित्र सहमति गरेर आउने हो, समितिलाई समय गराओस्। थप विषय लिएर आउने होइन । विषयमा सहमति गरेर कति दिनमा आउने हो ? मन्त्रीज्यूले बताइदिनुपर्यो।
यता मन्त्री पन्तले भने शिक्षक महासङ्घसँग वार्ता जारी रहेको भन्दै असार १६ गतेदेखि समय माग गर्दै आएका छन्।