राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतीको अवलोकन गरी फर्किएका छन् ।
बाढीबाट भएको क्षती उद्धार र राहत बारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतीग्रस्त स्थानबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतीग्रस्त सुख्खा बन्दरगाह, बनाइएका मालवाहक कन्टेनर बगाउँदा भएका क्षतीको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।
उक्त विपद्धबाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । ती मध्ये नेपाल प्रहरीका तीन जना, सुख्खा बन्दरगाहमा कम गर्ने ६, डिब्बा चालक ५ र चिनियाँ नागरिक ६ जना रहेका छन् । बाढीले ड्यामसहित बनागाउँदा १११ मेघावाट क्षमताको चिलिमे जलविद्युत केन्द्र प्रभावित भएको छ । बाढीले लहेन्दे खोलकाको मित्तेरी पुल बगाउँदा केरुङसँगको सिधा सम्बन्ध टुटेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।