राजनीति
काठमाडौं । आज प्रतनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ ।
आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले “महिला तथा सामाजिक मामिला समिताको वार्षिक प्रतिवेदन, २०८२” पेश गर्ने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले “बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८०” प्रस्तुत गर्न अनुमति माग्ने र पालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८२ पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा सभामुख देवराज घिमिरेले “संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।