logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आफू निकट नेता कार्यकर्ता कारबाहीमा परेपछि शेखर कोइराला जुटे आन्तरिक छलफलमा


  • राजनीति
  • बिहिबार, असार २६ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुसन्धान समितिले २०७९ सालको तीनै तहको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै १८ जना नेतामाथि अनुशासनको कारबाही गरेपछि शेखर कोइराला आन्तरिक छलफलमा जुटेका छन्।

नेता कोइरालाले बिहीबार बालुवाटार स्थित विशालनगरमा रहेको आफ्नो सचिवालयमा आफू निकट नेता कार्यकर्ताहरूसँग छलफल गरेका हुन्। उक्त छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पनि सहभागी छन्।

नेता कोइरालाले केही केन्द्रीय सदस्य तथा सांसदहरूसँग छलफल गरेका उनी निकट एक नेताले जानकारी दिए । आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा काङ्ग्रेस अनुशासन समितिमा पाँचजना सदस्यहरू रहेका छन्। ति मध्ये ३ जना सभापति देउवा पक्षका रहेका छन् भने दुईजना कोइराला निकट रहेका थिए।

कोइराला निकट अनुशासन समितिका सदस्यहरूको असहमतिका बावजुद बहुमतका आधारमा पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरिएको भन्दै आलोचनासमेत भएको छ ।

अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले प्रदेशका महामन्त्री, गण्डकीका पूर्व महामन्त्री र खोटाङका सभापति सहित १८ जनामाथि कारबाही गर्ने निर्णय गरेको थियो। यो निर्णय हुँदा कांग्रेस केन्द्रीय समितिको बैठक पनि चलिरहेको थियो।

संस्थापन इतर समूहका नेताहरूले अनुशासनको नाममा गरिएको यो कारबाही प्रतिशोधपूर्ण भएको र यो तत्काल फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । यो कारबाहीसँग कांग्रेसमा आन्तरिक मनमुटाव सुरु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार